विराटनगरमा बडिबिल्डिङ्ग एण्ड फिटनेश सम्बन्धी प्रशिक्षण हुने

प्रशिक्षणमा मोरङ जिल्लाभरिबाट ५० जना प्रशिक्षार्थीहरु सहभागी हुने

हिपमत डटकम

बुधबार, फाल्गुण २६, २०७७ || 703  पटक पढिएको
बडिबिल्डिङ्ग एण्ड फिटनेश प्रशिक्षण सम्बन्धी पत्रकार सम्मेलन

मोरङ बडिबिल्डिङ्ग एण्ड फिटनेश एशोसिएशनद्वारा विराटनगरमा फिट्नेश प्रशिक्षण तालिमको आयोजना हुने भएको छ । अगामी चैत्र २२ गते देखि ३० गतेसम्म बडिबिल्डिङ्ग तथा फिटनेश प्रशिक्षण तालिम हुने भएको आयोजक संस्थाले जानकारी दिएका छन् ।

बुधवार मोरङ बडिबिल्डिङ्ग एण्ड फिटनेश एशोसिएशनले पत्रकार सम्मेलनको आयोजना गरी सो प्रशिक्षण तालीमको विषयमा जानकारी दिएका हुन् ।
तालिममा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरुद्वारा बडिबिल्डिङ तथा फिटनेश सहित स्पोर्टस साइन्स, स्पोर्टस मेडिसिन र न्युट्रेसन सम्बन्धी तालिम समेत प्रदान गरिनेछ ।

बडिबिल्डिङ तथा फिटनेश प्रति बढ्दो जनसहभागीतालाई ध्यानमा राखी प्रत्येक क्लबमा प्रशिक्षण प्रमाणपत्र प्राप्त गरेका प्रशिक्षक (कोच) को माग पुरा गर्न तथा प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष अमलेश कर्णले हिपमत डटकमलाई बताए । यस प्रशिक्षणमा मोरङ जिल्लाभरिबाट ५० जना प्रशिक्षार्थीहरु सहभागी हुने छ ।
संस्थाले यस अघि ०७५ सालमा प्रदेश १ र २ का प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएको थियो ।

पत्रकार सम्मेलनमा बडिबिल्डिङ्ग एण्ड फिटनेश एशोसिएशनका पदाधिकारीहरु दिपक सास्त्री, उमेश कार्की, गणेश नेपाली, उत्तम ढुँगेल, नबिन बिक्रम शाह, जितेन्द्र रजक, परबेज मियाँ, किशोर पोखरेल, बडिबिल्डिङ्ग एण्ड फिटनेश एशोसिएशन प्रदेश नं १ का बरिष्ठ उपाध्यक्ष प्रभाकर राना मगर, कोषाध्यक्ष सुरज मिश्रा , सदस्य सागर डङ्गोल तथा जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!