हिपमत डटकम
काठमाडौं , माघ १८ :  गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो। स्रोतका अनुसार राणामाथि धरानकी एक महिलाले उजुरी दिएकी छिन्। उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यौन शोषण भएको दावी गरेकी थिइन्। गृह स्रोतका अनुसार राणा पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक (एसपी)मा कार्यरत रहँदादेखि नै ती महिलासँग चिनजान र सम्बन्ध भएको देखिन्छ। राणा २०६९ सालमा सुनसरी प्रहरी उपरीक्षक थिए। त्यसपछि पनि उनी ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत् थिए। राणा पछिल्लोपटक करिब तीन महिनायता संघीय प्रहरी इकाइ धरानमा कार्यरत् छन्। ‘पछिल्लो पोस्टिङमा राणा धरान पुगेपछि उनीसँग सम्बन्ध बिग्रिएको र ती महिला आफूलाई न्याय माग्दै गृहसम्म आइपुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘ती महिलाले आफूलाई ‘जीवन साथी’नै मानेर राणाले प्रयोग गर्दै आएको र आफूबाट ठूलै धनराशी पनि लगेको आरोप लगाएकी छिन्।’ ती महिलाले सेतोपाटीसँग कुरा गर्दै आफूले घटनाबारे गृहमन्त्रीलाई विस्तृतमा जानकारी गराएर निवेदन दिएको बताइन्। उनले आफूमाथि राणाले लामो समयसम्म शोषण गरेको दावी गर्दै भनिन्, ‘म गलत थिएँ भने निवेदन दिँदै, सुनाउँदै किन हिड्थे र?’ राज्यले आफूलाई न्याय दिनुपर्ने जिकीर गर्दै उनले भनिन्, ‘मैले राज्छ छ भनेर न्यायका लागि गुहारेकी हुँ। राज्य रहेनछ भने म मुन्टो काटेर मर्छु।’ गृहले राणामाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई पठाएको चिठीबारे सेतोपाटीले सोध्दा एसएसपी राणाले आफूलाई ‘थाहा नभएको’ प्रतिक्रिया दिए। यौन शोषणको आरोपबारे सोध्दा उनले भने, ‘कसले ममाथि के आरोप लगायो मलाई केही पनि थाहा छैन। छानबिन गर्न निर्देशन छ भने छानबिन होला, सत्यता पत्ता लाग्ला। उनले सो आरोप आफूलाई बदनाम गर्न र प्रतिशोध साँध्न रचिएको षडयन्त्र भएको पनि जिकीर गरे। प्रहरी प्रधान कार्यालयले राणामाथि लागेको आरोप र गृहले गरेको पत्राचारबारे अनभिज्ञता जनायो। ‘गृहले पत्राचार गरिनसकेकाले यसबारे बताउन सकिएन,’ प्रधान कार्यालय स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!