हिपमत डटकम

बुधबार, फाल्गुण २६, २०७७ || 759  पटक पढिएको

काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनुसन्धान सकेर विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा सजाय मागदाबी गर्दै प्रतिवेदन बुझाइएको अनलाइनखबरलाई बताए ।

केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । त्यसविरुद्ध सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत ४ फागुनमा बसपार्कबाट पक्राउ परेका थिए ।

सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइए पनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएको थियो ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिशे शव जलाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!