हिपमत डटकम

मंगलबार, फाल्गुण २५, २०७७ || 589  पटक पढिएको

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अहिले नायक–नायिकाहरुले महंगो पारिश्रमिक लिदा आफूहरुलाई भने निर्माताले ४०–५० हजार दिन पनि गाह्रो मान्ने गरेको गुनासो गरेकी छिन् ।

आफैले निर्माण गरेको चलचित्र ‘साइनो’ व्यापारिक रुपमा असफल भएपनि दोश्रो चलचित्र बनाउने तयारीमा रहेकी भूवनले भनिन्–‘पहिला चलचित्र खासै बन्दैनथ्यो । यसैले काम मात्र पाउन पाएँ हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले त हामीले गर्ने भनेको आमा र हजुरआमाको भूमिका मात्र हो । नायकको ५० लाख, नायिकाको २० लाख पारिश्रमिक हुँदा हामीलाई त ४०–५० हजार दिन पनि गाह्रो मान्छन् । आफ्नो पारिश्रमिक भन्न पनि लाज लाग्छ । यति पारिश्रमिक त मेरो मालीले नै लिन्छ ।’

महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले भनिन्–‘चलचित्रमा नायक–नायिकाले पाउने भन्दा आमाबुबाले पाउने पारिश्रमिक कम हुनु स्वभाविक नै हो । तर, नेपाली निर्माताले भने अती नै गर्छन् ।’

भूवनले आफूलाई केही चलचित्रको अफर आएपनि काम नगर्ने बताइन् । उनले, चलचित्र निर्माण गरेपछि यो क्षेत्रको राजनीति पनि राम्रोसँग वुझेको बताइन् । भनिन्–‘यो क्षेत्र त नराम्रो रहेछ । चलचित्र क्षेत्रको राजनीतिको अगाडि त देशको राजनीति फिक्का नै लाग्ने रहेछ । मेरो १ करोड लगानी डुबेपनि मैले यो क्षेत्रलाई राम्रोसँग वुझ्ने मौका भने पाएँ ।’

भूवनले चलचित्र ‘आमा’बाट चलचित्र यात्रा सुरु गरेकी थिइन् । उनी ५ दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!