हिपमत डटकम

मंगलबार, फाल्गुण २५, २०७७ || 602  पटक पढिएको

काठमाडौँ । ए.एन.पी. मेडिया हाउसद्वारा “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” नामक सौन्दय तथा प्रतिभाको कार्यक्रम मिति २०७७ फाल्गुन २२ गते शनिबारका दिन आयोजना सम्पन्न भयो । “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१”मा मिस तर्फ नेहा कुमारी राय र मिष्टर तर्फ विनिभ श्रेष्ठ बिजेता बन्न सफल भएका थिए। बिजेता नेहाले पब्लिक च्याइस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्चुयल, फेसबुक च्वाइसको उपाधि र विनिभले पब्लिक च्याइस, मिष्टर फोटोजेनिक, फेसबुक च्वाइसको उपाधि हात पार्न सफल भएका थिए। त्यसैगरी मिस तर्फ सदिक्षा श्रेष्ठ फष्ट रनर अप, मिस फोटोजेनिक, सबि श्रेष्ठ सेकेन्ड रनर अप, बेष्ट र्याम वाक, आयुषा दाहाल थर्ड रनर अप, बेष्ट स्पीच, हर्सना खातिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन, मोष्ट स्टाइलिस, सम्झना घले भ्युअर च्याइस, मिस कन्जुलारिटि, इरिका श्रेष्ठ बेष्ट पर्सनालिटी, आवृत्ति बैध मोष्ट चार्मीङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रण्डली, कशिस कोइराला मोष्ट ब्युटीफूल, खुश्बु शाह मोष्ट कन्फीडेन्ट, मोष्ट पोजिटिभ एटीच्यट, शलु थापा बेष्ट डान्स, सरु महर्जन बेष्ट शिङ्गर, मोष्ट डिजरभिङ्ग, दिब्या नगरकोटी म्यानेजम्यान्ट च्वाइस , र मिष्टरमा रोहन महर्जन फष्ट रनर अप, मोष्ट ट्यालेन्ट,
दिपेश परियार सेकेन्ड रनर अप, बेष्ट डान्स, विजय प्रधान मिष्टर र्याम वाक, मिष्टर हाण्डसम, स्वीभिन प्रीन्स बेष्ट सिङ्गर, बेष्ट पर्सनालिटी र आशुतोष बर्माले मिष्टर कन्जुलारिटिको उपाधि जितेका थिए।

उक्त कार्यक्रममा प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनलमा भाग लिएका थिए। यस कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको थियो ।

विगत लक डाउनको बेला “लिटिल प्राइड अफ नेपाल २०२० (अनलाइन कम्पीटिशन)”, “ट्यालेन्ट हन्ट २०२० (अनलाइन कम्पीटिशन)” र “लिटिल स्टार आइकन २०२० (अनलाइन कम्पीटिशन)” भएको कार्यक्रमको क्राउन सेरोमेनी पनि त्यहि समयमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा शुवास न्यौपाने, फाइभर सुरक्षा बिशेषग्य तथा समाज सेवी र तेज गिरी, नायक तथा बैकरस्लाई विशेष सम्मान गरिएको जानकारी यस कार्यक्रमको प्रबन्ध निर्देशक लब बहादुर कार्कीले दिनु भएको थियो ।

प्रमुख अथिति पूर्व मन्त्री मीनेन्द्र रिजालको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा निर्णायकहरु बरिष्ट गायक सिताराम पोखरेल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ र भि.ए. निकेतनका प्रिन्सीपल निर्णय एन.एस.के रहेका थिए । ए.एन.पी. मेडिया हाउसले संचालन गरेको कार्यक्रमको संयोजक शम्भु प्रसाद रेग्मी रहेका छन् भने प्रतियोगिताको कोरियोग्राफी सुमी बानीयाँले गरेकी थीइन। कार्यक्रम संचालन रोजीन शाक्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!