हिपमत डटकम

सोमबार, फाल्गुण २४, २०७७ || 974  पटक पढिएको

काठमाडौँ। भारतको भ्रमणमा रहनु भएका पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहदेव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको एकै प्रदेशमा हुनुहुने छ। शाह र मोदी बीच भेटको सम्भावना उच्च रहेको बताइएको छ।

शाह १० दिने भारत भ्रमणको लागि फाल्गुन २० गते पश्चिम बंगाल तर्फ जानु भएको थियो। त्यस्तै मोदी भने चुनावी सभालाई सम्बोधन गर्न आइतबार नै कोलकत्ता आउनु भएको छ। शुक्रबार सम्म दार्जिलिङमा देखिनु भएका शाह र कोलकत्तामा रहेका मोदी बीच भेट हुन सक्ने स्थिति तार्किक हिसाबले सम्भव देखिंदैन।

आधिकारी पुष्टि गर्न नसकिए पनि उच्च स्रोतका अनुसार लामो समय देखि भेट गराउने प्रपञ्च चलेको र अहिले आएर त्यो सम्भव हुन लागेको छ। यसअघि भारतीय पक्षले नयाँ दिल्ली नै बोलाए पनि शाहले अस्वीकार गरेका थिए। नयाँ दिल्ली नै जाँदा नेपालमा अनावश्यक हल्ला खल्ला हुने र गर्न खोजिएको भेटघाट पनि हुन नसक्ने हुँदा शाहले पश्चिम बंगाल बेस बनाएर भ्रमण गरेका हुन्, स्रोतको दाबी छ।

त्यस्तै भाजपाका विदेश विभाग हेर्ने नेता विजय चौथाइवाला नेपाल भ्रमणमा आउँदा शाहलाई भेट्नु भएको थियो। त्यो समय देखि शाह र मोदीलाई भेट गराउने वातावरण सिर्जना गर्न खोजिएको स्रोतको दाबी छ।

त्यस्तै, वरिष्ठ पत्रकार पी खरेलका अनुसार केही समय देखि पूर्वमहाराजधिराजले राजसंस्था र हिन्दूराष्ट्र पुनःवहालीको लागि ‘धेरै दिन कुर्नु नपर्ने’ बताउँदै आउनु भएको छ।

चौथाइवालासँगको भेटमा पूर्व महाराजधिराजले आफूलाई भारतले राजनीतिक रुपमा धोखा दिएको गुनासो गर्नु भएको थियो। भारतीय प्रतिनिधिहरुसँग भएको भेटमा पूर्व राजाको भनाइ उधृत गर्दै पी खरेलले भन्नु भयो, ‘मैले स्पष्ट रुपमा भन्नै पर्छ भारतले मलाई धोखा दिएको नै हो यो तपाईहरुलाई थाहा नै छ।’

केहि वर्ष देखि शाहले पश्चिमा, चिनियाँ र भारतीय सरकारका प्रतिनिधिसँग दार्जिलिङमा नै भेट्ने गर्नु भएको छ। तर पूर्वराजाको सचिवालयले भ्रमण विशुद्ध पारिवारिक भएकोले भारत भ्रमणको क्रममा कुनै पनि राजनीतिक भेटघाट नहुने स्पष्ट पारेको छ। राजनीतिक भेटघाटको कुनै सम्भावना नरहेको सचिवालयले जनाएको थियो।

अहिले नेपालमा देखिइरहेको राजनीतिक संकट बारे चीन, भारत र अमेरिकाको धारणा बुझ्न शाह भारत पुग्नु भएको हो। देशमा भइरहेको हरेक राजनीतिक परिवर्तनलाई अत्यन्तै नजिकबाट नियाल्ने शाहले भेट्न जाने जो कोहीलाई पनि राजसंस्था भन्दा देशलाई जोगाउन अघि बढ्न आग्रह गर्ने गर्नु भएको छ। पूर्वमहाराजधीराजलाई भेटेपछि उहाँको भनाइ उधृत गर्दै एक अभियान्ताले भने, ‘हामी राजगद्दीमा फर्किने कुरा ठूलो होइन, देश बाँच्नु पर्यो। देशै नरहने हो कि भन्ने चिन्ता लागेको छ हामीलाई। राजाको लागि होइन देशको लागि सोचेर अघि बढ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!