हिपमत डटकम

सोमबार, फाल्गुण २४, २०७७ || 954  पटक पढिएको

बिराटनगर ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर/ अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा संचालन हुने “सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिम” को संयूक्त शुभारम्भ गरिएको छ ।

प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटी पार्लर) तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर/ अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय-आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।

उक्त सौन्दर्य कला (ब्यूटीसियन) तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप तेश्रो समुहको तालिमलाई धरानबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा आजबाट संचालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!