शनिबार, माघ १८, २०७६ || 1497  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १८ : एजेन्सी । भारतले लगातार दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा जित निकालेको छ । शुक्रबार (आज) भएको खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएको हो । भरातले लगातार दोस्रो खेलमा सुपर ओभरमा जित निकालेको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको १४ रनको विजय लक्ष्य पाएको भारतले १६ रन बनायो । निर्धारित २० ओभरको खेलमा भारतले दिएको एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्यान्ड फेरि बराबरीमा रकेकिको थियो । न्युजिल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । यसअघि न्युजिल्यान्डका लागि ओपनर कोलिन मुनरोले ६४ रन बनाए । टिम सेफर्टले ५७ र रस टेलरले २४ रन बनाए । भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर र युजभेन्द्र चहलले एक एक विकेट लिए । यसैगरी टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । रोहित शर्मालाई आराम दिएको खेलमा मनिष पान्डेले ५० रन बनाए । लोकेश राहुलले ३९, शार्दुल ठाकुरले २०, तथा कप्तान विराट कोहली र नवदिप सैनीले समान ११ रन बनाए ।
न्युजिल्यान्डका ईश सोधीले तीन विकेट लिए । हमिश बेनेटले दुई, मिचेल सान्टनार, स्कर्ट कुग्गेलेइजन र टिम साउथीले एक एक विकेट लिए । यसअघिनै पाँच खेलको सिरिज जितिसकेको भारतले यस जितसँगै सिरिजमा ४–० को अग्रता लिएको छ । अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!