हिपमत डटकम

शनिबार, फाल्गुण २२, २०७७ || 608  पटक पढिएको

जनकपुर । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले देशमा आधुनिक सीताको आवश्यकता रहेको टिप्पणी गरेका छन् । उनले आधुनिक सीता बन्न महिलाहरुलाई आग्रह समेत गरे । जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवमा नेता गिरीले यस्तो बताएका हुन् ।

सीता विमर्श नामक सत्रमा विचार प्रस्तुत गर्दै नेता गिरीले रामायणको पात्र सीता स्वभिमानी क्रान्तिकारी चरित्रको रहेकोले त्यस्तै तर आधुनिक सीता बन्नु पर्ने कुरामा जोड दिए ।
उनले भने, ‘सीता साहस र धैर्यको बीचमा आत्सम्मानको अद्भूत मूर्ति हुन् । सीताको वास्तविक चरित्रलाई लुकाइएका कारण सीता बन्ने कि नबन्ने बहस चलिरहेको छ । ‘म त सीता बन्न आग्रह गर्छु तर हिजोको सीता होइन आजको सीता बन्नु पर्छ ।’

तत्कालिन समयमा सीताले समाज विकासका लागि देखाएको त्याग र तपस्या अनुकरणीय रहेको उनले बताए । ‘रामायणका केही दृश्यलाई मात्रै टेकेर सीता र रामको सम्पूर्ण चरित्रको वर्णन गर्नु अन्याय पूर्ण हुन्छ’, उनले अघि थप्दै भने, ‘यहाँ सीताका लाजवन्ती स्वरुपलाई मात्रै किन दर्शाइन्छ, किन उनको क्रान्तिकारी छवि लुकाइन्छ यो बहसको विषय हो ।’

सीताको साहसिक र वास्तविक चरित्र लुकाइएका कारण सम्पूर्ण नारी जगतमा सीता बन्ने कि नबन्ने बहस चलिरहेको पनि उनको भनाइ छ । उनले जुन दिन सीताको चरित्रलाई सम्झिन सक्यौँ, त्यो दिन सम्पूर्ण नारी जगत म को हुँ भन्ने प्रश्नको जवाफ सहजै रुपमा पाउन सक्ने पनि बताए ।

नेता गिरीले आफ्नो प्रवचनको क्रममा रामायणका अधिकांश नारी पात्रको विषयमा वर्णन गरेका थिए । उनले रामायणका नारी पात्रलाई वर्णन गर्दै सीतालाई तत्कालिन समयका सर्वश्रेष्ठ नारीको रुपमा प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!