शनिबार, माघ १८, २०७६ || 1077  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १८ : थाइल्यान्डमा फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने सीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सुक्रबार नेपाली टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १८ सदस्यीय खेलाडी टोलीमा पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, करण केसी, अभिनाष बोहरा, कुशल मल्ल, पवन सर्राफ, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी र रोहितकुमार पौडेल रहेका छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाइल्याण्ड, मलेसिया र म्यानमार छन् । समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन् । शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल्ने दुई टोली एसिया कपमा छनोट हुनेछ । एसिया कपमा वेस्टर्न रिजनबाट पनि दुई टोली छनोट हुनेछ । छनोट भएको चार टोलील पाकिस्तानमा आयोजना हुन एसिया कप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!