राम प्रेम यादब

शुक्रबार, फाल्गुण २१, २०७७ || 1285  पटक पढिएको

बिराटनगर  । शुक्रवार ब्राईट भिजन ल कलेज बिराटनगरले बिए एल एल बी प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत गरेका छन् । साथै सोही कार्यक्रम मार्फत पाँचौ वर्ष उतीर्ण विद्यार्थीहरुलाई बिदाई समेत गरेका छन् । ब्राईट भिजन ल कलेज उपत्यका बाहिर एल एल एम सहित बिए एल एल बी अध्यापन गराउने पहिलो कलेज हो ।

२०६७ सालमा स्थापना भएको सो कलेज मात्र ७ जना विद्यार्थी भर्ना गरेर संचालनमा आएको थियो । १०० जना विद्यार्थी भर्ना गर्नसक्ने क्षमता भएको सो कलेज एक दशकको अवधिमा ६ वटा ब्याच निकालन सफल भएको छ ।

कलेजका प्रधानाध्यापक बद्री प्रसाद शर्माको अध्यक्षता तथा प्रमुख अतिथी प्रदेश नम्बर एकका मुख्य न्यायधिवक्ता चुडामणि आचार्य रहनु भएको सो कार्यक्रममा कलेजका संस्थापक तथा संचालक तुलसी प्रसाद पोखरेल र प्रमिला नेपाल सहित प्रध्यापक अधिवक्ता तथा प्रध्यापक शान्तीराम भण्डारी, नारायण वस्ती, रुकमणी दहाल, विश्वराम भट्टराई, यम बहादुर मगर, सुभाषचन्द्र गौतम, जिवन सापकोटा, सन्नि साह, लक्ष्मण प्रसाद गौतम सहित प्रध्यापक डा. अर्जुन बराल, डा. ज्वाला कडेल, रेसा घिमिरे, गोपाल पोखरेल, हरी पोखरेल, मञ्जु ज्ञवाली गौतम लगायत कलेजका अन्य कर्मचारी एवं विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रमका संचालन मनोज तिम्सिना र आयुषा खतिवडाले संयुक्त रुपमा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!