शनिबार, माघ १८, २०७६ || 1682  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १८ : संसारकै मोटो बालक आर्या परमानाले कडा मेहनत गरेर १०८ किलो तौल घटाएर सबैलाई चकित पारेका छन् । उनको तौल १९३ किलो रहेको थियो । आर्याको नयाँ रुपले सबैलाई चकित बताएको छ । उनको सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरले पनि उनको कडा परिश्रम झल्काएको छ । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले पोस्ट गरेका हुन् ।
भिडियोमा आर्याको अहिलेसम्मको यात्रा देखाइएको छ ।

उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत भएको उनको पिताले बताए । आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् । आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!