हिपमत डटकम

सोमबार, फाल्गुण १७, २०७७ || 780  पटक पढिएको

ईटहरी । चलचित्र पत्रकार संघ प्रदेश १ को बैठक महत्वपुर्ण निर्णयहरु गर्दै सुनसरीको ईटहरीमा सोमबार सम्पन्न भएको छ ।
संघका प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा डिथ्री अनलाईनको कार्यलयमा बसेको बैठकले रंग पत्रकारिता क्षेत्रमा सक्रिय रहेका २ जना रंग पत्रकारहरुलाई प्रदेश सदस्यमा मनोनयन गरेको छ । नेपाल टेलिभिजन ईटहरीमा कार्यरत भुवन दाहाल र थ्रीएम खबर बिराटनगरका बिकल प्रधानलाई सदस्य मनोनयन गरिएको हो ।

यसैगरी संघको गतिबिधिलाई सक्रिय रुपमा अघि बढाउन ईटहरी र बिराटनगरमा चलचित्रकर्मीहरु बिच अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका निर्णय भएका छन । गतिबिधि सञ्चालनका लागि बिराटनरमा संघका सचिब बीरेन्द्रकुमार साह,ईटहरीमा खेमराज श्रेष्ठ (सुवास संकल्प) धरानमा संघकी सदस्य मौसमी कार्की र झापामा संघका सहसचिब रमेश तिवारीलाई जिम्मेवारी दिईने निर्णय गरियो । साथै संघको केन्द्रिय अधिबेशनमा सहभागी हुनका लागि संघका सचिब बीरेन्द्रकुमार साह र सदस्य सुवाश संकल्प श्रेष्ठलाई केन्द्रिय प्रतिनिधि तोकिएको संघका अध्यक्ष बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!