शुक्रबार, माघ १७, २०७६ || 746  पटक पढिएको

हिपमत डटकम
मोरङ , माघ १७ गते ।बिराटनगर क्षेत्रका अधिकांश अस्पतालहरुले ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । सरकारी अस्पतालमा पनि शुल्क तिर्नैपर्छ । तर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले ओपीडी निःशुल्क गर्दा बिरामीहरुलाई राहत मिलेको छ ।निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’ हुँदा बिरामीहरुले विनाशुल्क बिशेषज्ञ डाक्टरसँग स्वास्थ्य परिक्षण गराउने अवसर पाएका छन् । पुर्जी निःशुल्क हुँदा धेरै राहत मिलेको बिरामीहरुको भनाई छ । सुनसरीको रामधुनीबाट उपचारका लागि नोबेल आइपुगेका हरिमान श्रेष्ठले पुर्जीको पैसा नलाग्दा सहज भएको बताए । ‘अन्त सवै तिरका अस्पतालमा पुर्जीको पैसा लाग्छ, बिराटनगरका अरु अस्पतालले पनि ५ सय रुपैयाँसम्म लिन्छन् । काठमाण्डौंमा त एक हजार रुपैयासम्म पर्छ ।’ उनले भने ‘नोबेलमा पुर्जीको पैसा तिर्नु नपर्दा त्यहि पैसाले झण्डै औषधि किन्न पुग्छ ।’यता, बिराटनगरकी सुसिला निरौलाले पनि पुर्जी निःशुल्क हुँदा सस्तोमा उपचार पाएको सुनाइन् । नोबेलले एक दशक अघि देखि पुर्जी निःशुल्क गर्दै आएको छ । जसका कारण गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।पैसा नभएका कारण ठुला अस्पतालमा जान नसक्ने गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी ओपीडी निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘गरिब तथा बिपन्न बिरामीलाई बिशेषज्ञ डाक्टरसँग पुगेर राम्रो उपचार पाउने वातावरण निर्माणका लागि पुर्जी निःशुल्क गरेका हौं,’ डा.शर्माले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!