हिपमत डटकम

सोमबार, फाल्गुण १७, २०७७ || 1649  पटक पढिएको

हिन्दू धर्मशास्त्र अनुसार वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । चारवटा नवरात्रा भएपनि चैत्र र असोजको नवरात्र मुख्य मानिन्छ । नवरात्रालाई नवरात्रा, दशैं, दशहारा, दुर्गापुजा समेत भन्ने गरिन्छ ।

मूलतः एकवर्षमा एउटा नवरात्रा एकचोटी मात्र पर्ने भएको भएपनि विसं २०७८ मा चैते दशैं दुईचोटी पर्ने भएको छ । नववर्ष २०७८ वैशाखको पहिलो सप्ताह र २०७८ चैत्रको अन्तिम सप्ताह गरी दुई चोटी पर्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) अनुसार वि.सं. २०७८ वैशाख ७ गते मंगलवार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं तथा वि.सं. २०७८ चैत २६ गते शनिबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ । बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।

समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको छ ।

असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैं परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!