आइतबार, फाल्गुण १६, २०७७ || 1764  पटक पढिएको

वैवाहिक वर्षगाँठ तथा जन्मदिनमा लाखौंखर्च गरेर देखाबटी तामझाम सहित आफ्नो हैसियत प्रदर्शन गर्नु कुनै नौलो कुरा होइन, समान्य भएको छ । तर, समाजका केही यस्ता व्यक्तिहरु प्नि छन् जो तामझाम भन्दा सेवा कार्यलाई महत्व दिई अगाडि बढि रहेका छन् । त्यस्तै एकजोरी हुन् कामाख्या परिवार सर्लाही शाखाका अध्यक्ष राकेश चौधरी र उनकी श्रमिती मेनका चौधरी ।

फल्गुण १६ गते १८औं वैवाहिक वर्षगाँठको अवसरमा चौधरी दम्पतिले दलित, गरिब तथा सिमान्तकृत व्यक्ति वा परिवारको सहयोगको लागि २१ हजार नगद हस्तान्तरण गरेका छन् । आइतवार एक कार्यक्रमबीच चौधरी दम्पतीले कामाख्या परिवार नेपाल जनकपुरधामका सचिव ललिता लाभलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

धार्मिक आस्थमा विश्वास राख्ने चौधरी दम्पतीले देखाबटी तामझाम अनावश्यक खर्च गर्नुभन्दा सेवाकार्यमा सहयोग गर्दा आत्मसन्तुष्टि हुने र भगवान पनि प्रशन्न हुने भएकोले सो सहयोग रकम हस्तान्तरण गरिएको हिपमत डटकमलाई जानकारी दिएका छन् ।

कामाख्या परिवार जनकपुरधाम विगत दश वर्ष देखि निरन्तर सेवा कार्यमा सकृय रहेका छन् । संस्थाले विभिन्न समयमा गरिव, असहाय, विपन्न व्यक्ति वा परिवारलाई आवश्यकता अनुसार विभिन्न प्रकारले सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!