हिपमत डटकम
१७ माघ, काठमाडौं । निर्भया बलात्कार घटनाका आरोपीलाई सुनाइएको फाँसीको सजाय स्थगित भएको छ । दिल्ली अदालतले बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न आदेश दिएको हो ।

मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार सिंह र पवन गुप्तालाई २०१२ डिसेम्बर १ मा निर्भया सामूहिक बलात्कार मुद्दामा दोषी ठहर्‍याइएको थियो । चारै जनालाई फेब्रुअरी १ मा फाँसीको सजाय दिने तयारी थियो ।

शुक्रबार वकिलहरूको तर्क सुनेपछि न्यायाधीश धर्मेन्द्र राणाले अर्को आदेश नभएसम्मका लागि आरोपितमाथि सुनाइएको फाँसीको सजाय स्थगित गरिएको निर्णय सुनाए ।

आफ्नो लिखित आदेशमा न्यायाधीशले भनेका छन्, ‘कानूनी प्रक्रिया अन्तर्गत आफ्नो गुनासाको समाधान खोज्नु कुनै पनि सभ्य समाजको विशेषता हो ।’

कुनै अपराधीलाई मृत्युदण्डको सजाय सुनाइए पनि कानूनी विकल्प खोज्नका लागि देशको कुनै पनि अदाललतले रोक्न नसक्ने न्यायाधीसले प्रतिक्रिया दिए ।

अदालतको निर्णय सुनेपछि निर्भयाकी आमा आशा देवी भावुक बनेकी थिइन् ।a

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!