शुक्रबार, माघ १७, २०७६ || 1320  पटक पढिएको

हिपमत डटकम
सुनसरी, माघ १७ गते ।सुनसरीको धरान उप-महानगरपालिका-६ बाट २ नाल भरुबा बन्दुक र मृत बदेल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान राती १ बजेको समयमा प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान-६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान-६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई चेकजाँच गर्दा निजहरुको साथबाट २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिव ६ किलो वजन
भएको बदेल बरामद गरेको थियो । निजहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत नियन्त्रणमा लिईएको छ भने पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!