हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 505  पटक पढिएको

विश्वकै ठूलो क्रिकेट रंगशालामा भारत र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट सुरु भएको छ। १-१ को बराबरीको अवस्थामा रहेको सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ सुरु गरेको छ।

भारतको गुजरात राज्यको अहमदाबादको रंगशालाको नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामसँग जोडेर नरेन्द्र मोदी क्रिकेट रंगशाला राखिएको छ। यसअघि रंगशालाको नाम सरदार पटेल थियो।

रंगशालाको उद्घाटन भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र गृहमन्त्री अमित शाहले गरेका थिए।

नयाँ रंगशालामा १ लाख १० हजार दर्शक अटाउँछन्। दुई टेस्ट खेलिने यो रंशगालामा कोरोनाका कारण ५५ हजार दर्शकलाई मात्र प्रवेश दिइनेछ। सन् २०१५ सम्म रंगशालाको क्षमता ५४ हजार थियो।

डे-नाइट टेस्ट हुने रंगशाला पुनर्निर्माण गरिएपछिको पहिलो खेल हो। सन् २०१५ पछि रंगशाला पुनर्निर्माण गरेर भव्य बनाइएको छ।

 

रंगशालामा धेरै वटा ड्रेसिङ रुम छन् भने इन्डोर अभ्यास मैदान रहेको छ। ४० जना खेलाडीलाई अभ्यास गर्ने मिल्ने आउटडोर मैदान पनि रंगशालामा छ। प्रशिक्षक, फिजियो र ट्रेनर्सका लागि पनि पर्याप्त खुला ठाँउ रंगशालामा छ। मैदानमा ११ वटा पिच छन्।
रंगशाला बनाउन १२ अर्ब ८० करोड बढी नेपाली रुपैयाँ खर्च भएको छ।

सन् २०२० फेब्रुअरीमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्दा यहाँ कार्यक्रम आयोजना भएको थियो। त्यतिबेला रंगशालामा १ लाख मानिसलाई उपस्थित गराइएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!