हिपमत डटकम

मंगलबार, फाल्गुण ११, २०७७ || 616  पटक पढिएको

काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मीमध्ये झण्डै आधामा अत्याधुनिक सीएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गर्दा कोभिड–१९ को संक्रमण भएको पाइएको छ । डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टीबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जाँच गर्दा यस्तो पत्ता लागेको हो ।

अध्ययनले एन्टिबडीको जाँच गर्दा औसतमा मंसिरको पहिलो दुई सातासम्म ४५.३ प्रतिशतमा कोभिड–१९ रहेको देखिएको थियो । यस्तै अस्पतालको व्यापकता भने ३२.२ देखि ५७.२ प्रतिशत रहेको अध्ययनले देखाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

काठमाडौंका २० अस्पतालका ८ सय स्वास्थ्यकर्मीको नमुना लिइएको थियो भने १८ प्रतिशत डाक्टर, ३६ प्रतिशत नर्समा, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याबका कर्मचारी, अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको अध्ययनका क्रममा पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!