शुक्रबार, माघ १७, २०७६ || 1247  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १७ : पश्चिम नवलपरासीको सडक निर्माणमा प्रदेश ५ सरकारले ठूलो रकम विनियोजन गरेको छ । प्र्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले यस आर्थिक वर्षमा नवलपरासीका विभिन्न स्थानका सडक निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट सडक निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय भैरहवामा सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेले बताए । प्रदेश मन्त्रालयले सडक निर्माणसँगै नवलपरासीका लागि सिँचाइमा २१ करोड २४ लाख ९१ हजार, खानेपानीका लागि १३ करोड ४७ लाख, आवास तथा बस्ती बिकासका लागि १६ करोड ८५ लाख, स्थानीइ तहलाई सशर्त छ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!