हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 1418  पटक पढिएको

विराटनगर । शरीरलाई ऊर्जा प्रदान गर्नका लागि खाना खाने गरिन्छ । तर, हालको समयमा मानिसले खाइरहेको खानाले ऊर्जा प्रदान गर्नुभन्दा पनि शरीरलाई थकित महसुस गराइरहेको छ । जसकारण कलेजोसँग समबन्धित रोगहरू पनि उत्पन्न हुन थाल्छन् । रक्सी वा मदिराको सेवनबाहेक पनि धेरै खानाले तौल बढाउनुका साथै कलेजोलाई पनि असर गर्न सक्छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्रको तथ्याङ्कले ४५ लाखभन्दा बढी मानिस कलेजो रोगको सिकार भइसकेका छन् । जसमध्ये २० प्रतिशतभन्दा धेरै मदिराको सेवनबाहेकको कलेजो रोगबाट ग्रस्त छन् । रक्सी मात्र एक्लो पेय पदार्थ होइन जसले शरीरलाई हानि पु¥याउन सक्छ । अत्यधिक फ्रुक्टोज भएको खाना वा पेयले कलेजोका लागि समस्या निम्त्याउँछ ।

अत्यधिक फ्रुक्टोज भएको खाद्यपदार्थमा परिष्कृत चिनीको मात्रा उच्च हुन्छ । कोल्ड ड्रिङ्क, सोडा, सफ्ट ड्रिङ्कको सेवनले समेत कलेजोलाई असर गर्न सक्छ । अत्यधिक चिनीबाट बनेका खाने कुराले मात्र नभई बजारमा पाइने टमाटर क्याचअप, विभिन्न प्रकारको ससले पनि कलेजोलाई हानि पु¥याउन सक्छ । साथै, फ्रेन्च फ्राइजको सेवनले पनि समस्या गराउन सक्छ ।

फ्रेन्च फ्राइजको सेवनले केवल क्यालरीको मात्रा वा तौललाई मात्र बढाउँदैन । यसको सेवनले कलेजोलाई पनि नराम्ररी असर गर्न सक्छ । यसमा प्रयोग गरिने आलुले भन्दा पनि तार्नका लागि प्रयोग गरिने तेलले असर गर्ने देखिएको हो । घरमा पनि पकाउनका लागि धेरै किसिमको तेल प्रयोग गरिन्छ । तर, सबै तेलहरू फाइदाजनक हुँदैनन् ।

विज्ञहरू धेरै पकाउने तेलमा ओमेगा ६ हुने बताउँछन् । तर, खाना पकाउँदा तेल अक्सिडाइज हुन्छ र यसको कारणले फ्याट्टी लिभरको समस्या हुनसक्छ । त्यसैले खाना पकाउन प्रयोग गरिने तेल किन्दा ध्यान दिनुपर्ने हुन्छ । वास्तवमै कलेजोलाई स्वस्थ राख्नका लागि प्रशोधित गरिएको मासुको सेवन गर्नु हुँदैन । त्यस्ता खाद्य वस्तुहरूमा सोडियमको ठूलो मात्रा हुन्छ ।

अधिक मात्रामा सोडियमको सेवनले शरीरमा तरल पदार्थको असन्तुलन निम्त्याउँछ । यस कारण कलेजो फिल्टर गर्ने प्रक्रियामा अवरोध हुन थाल्छ र कलेजोसम्बन्धी समस्या आउन थाल्छन् । त्यस्तै, खाजामा प्रायः खाइने पाउरोटी पनि कलेजोका लागि फाइदाजनक हुँदैन । पाउरोटीमा परिष्कृत कार्बोहाइड्रेट हुन्छ साथै यसमा फाइबरको मात्रा पनि कम हुन्छ । जसका कारण यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ ।

इन्सुलिन उत्पादन हुन थालेपछि कलेजो वरिपरि फ्याटको मात्रा बढ्दै जान्छ र कलेजोका लागि गम्भीर समस्या हुनसक्छ । त्यसैले यस्ता प्रशोधन गरिएको मासु र पाउरोटीको सेवन त्याग्नु नै उचित हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!