हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 449  पटक पढिएको

योगगुरु रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधी सार्वजनिक गरेका छन् । पतञ्जलीले नयाँ औषधी प्रमाणमा आधारित भएको दाबी गरेको छ ।

नयाँ औषधी सार्वजनिक गर्नेबेला भारतका केन्द्रीय स्वास्थ्यमन्धी डा. हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थिती रह्यो । नयाँ औषधीको नाम कोरोनिल नै हो । पतञ्जलीका अनुसार कोरोनिल चक्कीले अब कोभिडको उपचार सम्भव छ ।

आयुष मन्त्रालयले कोरोनिल चक्कीलाई कोरोनाको औषधीको रुपमा स्विकार गरिसकेको छ । पतञ्जलीकमा अनुसार नयाँ कोरोनिल औषधी CoPP-WHO GMP सर्टिफाइड छ । औषधी सार्वजनिक गर्दै गर्दा बाबा रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित उपचारको रुपमा चिकित्सा पद्धतिको रुपमा अपनाइएको बताए ।

कोरोनाको औषधी सार्वजनिक गरेपछि एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा रामदेवले भने, ‘मैले रोगलाई नियन्त्रण होइन समाप्त नै गर्न सकिन्छ भन्दा ममाथि पछिल्लो तीन दशकदेखि कति प्रश्न उठिरहेका छन् ? अब सबै सर्टिफिकेशनसहित हामीसँग २५० भन्दा बढी रिसर्च पेपर छन् । कोरोनामाथि मात्रै २५ रिसर्च पेपर छन् । अब कसैले पनि प्रश्न उठाउन सक्दैनन् । ’

यस्तै, आचार्य बालकृष्णले पनि यसै सञ्चार माध्यमसँग भनेका छन्, ‘मानिसहरुले पहिले देखि नै कोरोनिलको प्रयोग गरिरहेका थिए तर अब डिजीसीएपछि हामीले डब्ल्यूएचओको अप्रुभल पाएका छौं । यो १५४ देशका लागि स्विकृति पाएका छौं । त्यसपछि हामी अब आधिकारिक रुपमा कोरोनिल निर्यात गर्न सक्छौं । हामीले वैज्ञानिक पद्धतिले कोरोनिलमाथि अनुसन्धान गरेका हौं । ’

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!