शुक्रबार, माघ १७, २०७६ || 1123  पटक पढिएको

हिपमत डटकम
झापा, माघ १७ गते । झापाका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ५ बजे बिर्तामोड नगरपालिका-६ का २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुट्टाबारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेऊबाट झापा हल्दिवारी- ४ का २१ बर्षीय सौगात मगर र २१ बर्षकै बिबेक राई तथा हल्दिवारी-३ का २४ बर्षीय सन्तोष चुडाललाई ३ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!