हिपमत डटकम

बिहिबार, फाल्गुण ०६, २०७७ || 461  पटक पढिएको

भक्तपुरमा करिब ३ हजार ७ सय जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार पहिलो र दोस्रो चरणमा गरेर ३ हजार ६ सय ३८ जनाले खोप लगाएका हुन् ।
सरकारले तोकेको मापदण्डभित्र परेकाहरुले जिल्लाका भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट खोप लगाएका कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए । जसमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधी, पत्रकारलगायत रहेका छन् ।

भक्तपुरमा हालसम्म ९ हजार ५ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । १ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ९ हजार ३ सय ८३ जना संक्रमण मुक्त भएका छन् । अहिले ४२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।

क्षयरोगबाट २ जनाको मृत्यु
जिल्लामा साउनयता क्षयरोगको कारणले २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिएका छन् । सोही अवधिमा १ सय २३ जना क्षयरोगी समेत थपिएका छन् । भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै क्षयरोगी ३८ जना भेटिएका हुन् । भक्तपुरमा गत आर्थिक वर्षमा विभिन्न प्रकारका क्षयरोगीको संख्या ४ सय ३३ जना रहेको थियो । जसमा १५ वर्षदेखि ३४ वर्ष उमेर समूहका महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!