हिपमत डटकम

बिहिबार, फाल्गुण ०६, २०७७ || 633  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) १४ औँ सिजनको लागि लिलामी आज दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे चेन्नाईमा हुँदैछ । यसका लागि २९२ जना खेलाडीहरुलाई सर्टलिस्ट गरिएको छ । ८ टोलीसँग ६१ जना खेलाडी खरिद गर्ने स्थान बाँकी छ । यसमध्ये पनि ४०–५० जना खेलाडी मात्र बिक्री हुने अनुमान गरिएको छ ।

सबै टोलीको नजर अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल र न्यूजील्याण्डका काइल जेमिसनमाथि हुनेछ । लिलामीको शुरुवात ब्याट्सम्यानबाट हुनेछ,त्यसपछि अलराउन्डर,विकेटकिपर र बलरहरुमाथि बोली लगाइनेछ ।

२९२ खेलाडीमध्ये १० जना खेलाडीको न्यूनतम मूल्य २ करोड भारतीय रुपैयाँ रहेको । अन्क्याप्ड खेलाडीहरुका लागि २०,३० र ४० लाख न्यूनतम मूल्य कायम गरिएको छ । त्यस्तै,क्याप्ड खेलाडीहरुलाई ५०,७५,१ करोड,१.५ करोड र २ करोडको न्यूनतम मूल्य समूहमा राखिएको छ ।

सर्वाधिक २ करोड भारु बेस प्राइसमा दुई भारतीय हरभजन सिंह र केदार जाधवसहित ग्लेन म्याक्सवेल, स्टीभ स्मीथ, सकिब अल हसन, मोइन अली, साम बिलिङ, लियाम प्लंकेट, जेसन रोय र मार्क वुड रहेका छन् । १.५ करोठ बेस प्राइसमा १२ जना खेलाडी रहेका छन् ।

एउटा टोलीले आफ्नो टोलीमा अधिकतम २५ जना र न्यूनतम १८ खेलाडीसम्म राख्न पाउँछन् । एउटा टोलीमा ८ जनासम्म विदेशी खेलाडी राख्न पाइन्छ । हाल रोयल च्यालेन्जर्स बैंग्लुरुसँग सबैभन्दा कम १४ खेलाडी र सनराइजर्स हैदराबादसँग सबैभन्दा धेरै २२ खेलाडी रहेका छन् ।

आईपीएलको यो सिजनमा टोलीको बजेट ८५ करोड कायम गरिएको छ । कोरोना महामारीका कारण यस वर्ष बजेटमा बृद्धि गरिएन । यसअनुसार पञ्जाबसँग खेलाडी खरिद गर्न सबैभन्दा धेरै ५३.२० भारु बजेटरहेको छ । नियमअनुसार टिमले ६० करोड न्यूनतम खर्च गर्नुपर्ने हुन्छ ।

नेपाली युवा बलर सन्दीप लामिछाने पनि आजको लिलामीमा सामेल छन् । गत सिजन दिल्ली क्यापिटल्स टोलीमा रहेका उनलाई यो सिजन टोलीले रिलिज गरेको थियो । २० वर्षीय बलरको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!