हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 976  पटक पढिएको

कोभिड–१९ अर्थात् कोरोना भाइर विरुद्धको खोप (भ्याक्सिन) का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको छ । कोरोना भाइस रोकथाम तथा उपचारका लागि सरकारद्धारा छुट्याइएको कोषबाट अर्थ मन्त्रालयले मंगलबार मात्रै स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको हो ।

यसअघि भ्याक्सिनकै लागि अर्थले स्वास्थ्य मन्त्रालयलाई रु.५० करोड रुपैयाँ उपलब्ध गराएको थियो । पहिलो चरणमा ५० करोड रुपैयाँ उपलब्ध गराएको मन्त्रालयले दोस्रो चरणमा पनि थप ५० करोड नै उपलब्ध गराएको हो । योसँगै भ्याक्सिनका लागि हालसम्म सरकारले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको कुल रकम एक अर्ब रुपैयाँ पुगेको छ ।

तर, गत माघ ७ गतेमात्रै भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज खोप निःशुल्क उपलब्ध गराएको थियो । पहिलो चरणमा भारतबाट १० लाख डोज खोप अनुदानमा ल्याएको सरकारले, दोस्रो चरणमा ६० लाख डोज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट र ५ लाख डोज चीनबाट समेत अनुदान ल्याउने तयारी गरेको छ । त्यसो त अनुदानसँगै थप २० लाख डोज खोप आफ्नै लगानीमा समेत किन्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!