फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबिरुद्धको खेलमा लाभ हासिल गर्न बार्सिलोनाका समर्थकहरुले हर सम्भव उपाय अपनाइरहेका छन् । च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलअघि बार्सिलोनाले पीएसजीका खेलाडीहरु बसेको होटलअगाडि पटाका पड्काएका हुन् ।

मंगलबारदेखि शुरु हुने अन्तिम १६ को खेलमा बार्सिलोनाले फ्रेन्च च्याम्पियनको सामना गर्दैछ । सबैभन्दा रोचक मानिएको यो भिडन्तमा बार्सिलोनाका समर्थकहरुले माउरिसियो पोचेटिन्होको टोलीलाई असहज बनाउने प्रयास गरिरहेका छन् ।

पाहुना टोलीका खेलाडीहरुको निद्रा भंग गर्ने आशासहित उनीहरुले पटाका पड्काएका थिए । एल चिरिन्गुइटोले प्रकाशित गरेको भिडियोमा समर्थकहरुले ठूलो आवाज गर्ने पटाकाहरु पड्काइएको देखिएको छ ।

सन् २०१७ मा पहिलो लेगमा ब्यहोरेको ४–० को हार उल्टाउँदै बार्सिलोनाले दोस्रो लेगमा ६–१ को जीत हासिल गरेको थियो ।

त्यस खेलपछि बार्साबाट नेयमार विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पीएसजीसँग आबद्ध भएका थिए । यसपटक कप्तान लियोनेल मेस्सी पनि नेयमारको बाटो पछ्याउँदै पीएसजी जाने चर्चा चलिरहेको छ ।

डेली मेल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!