हिपमत डटकम
काठमाडौं,१६ माघ: नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो । नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवेदन दिएकी थिइन् । सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रस्ट केही समय हच्किएको थियो । यो समाचार आजको राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!