बिहिबार, माघ १६, २०७६ || 816  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१६ माघ: राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको हेरफेर हुनेछ । राष्ट्रिय सभा नियमावली, २०७५ मा यस्तो हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ । प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ । समितिको कार्या्विधि समाप्त भएमा समितिको सभापति पद रिक्त हुने व्यवस्थासमेत नियमावलीमा गरिएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रत्येक दुई वर्षमा नयाँ सदस्यहरू आउने व्यवस्था भएको हुँदा नयाँ आउने सदस्यहरूको व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको बताए । उनले सभापतिबाहेक अन्य सदस्यको कुनै पनि बेला समिति हेरफेर हुनसक्ने जानकारी दिए । आवश्यकता र मागका आधारमा सदस्यहरूको हेरफेर हुने व्यवस्था रहेको छ । यसको अधिकार अध्यक्षमा सुरक्षित रहन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!