इन्डियन प्रिमियर लिग (आईपीएल)को चेन्नाईमा हुने अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् । यही फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ८ नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो ।

प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो । बीसीसीआईको सूचीमा विश्वभरबाट २ सय ९२ खेलाडी परेका छन्।

अक्सनका लागि १ हजार १ सय १४ जनाको नाम दर्ता भएकोमा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ । नेपालबाट सूचीमा परेका सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ ।

यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर सन् २०२० मा पुरै खेलमा बेन्चमा राखेको दिल्लीले सन्दीपलाई तीन वर्षे सम्झौता अनुसार फुकुवा गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिए ।

सन् २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीपलाई दिल्लीले सन् २०१८ मा न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!