जुगेश दास देवानगञ्ज । सुनसरीको देवानगञ्जमा सम्पन्न भएको प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट खेलको उपाधी भारतको अररियाले चुमेको छ । बुधबार सम्पन्न भएको फाईनल खेलमा अररियाले इनरुवाको फुलबारी क्रिकेट क्लवलाई पराजित गर्दै अररिया उपाधी चुमेको हो ।
अररियाले १९० को टारगेट दिएकोमा १४५ रनमा अल आउट भएको इनरूवा फुलबारी क्लब दोस्रो भयो । अररिया टिमले १९० को टारगेट दिएकामा १४५ रन बनाएर ईनरूवा टिम अल आउट भएर उपाधी अररियाले पाए । खेलमा देवानगञ्ज वडा नम्बर ३ को अध्यक्ष अनिल कुमार भगतले म्यान अफ द म्याच भएका गोलु सिँहलाई रेन्जर बाईक दिए ।
भने देवानगञ्ज गा.पा वडा नम्बर २ का अध्यक्ष मजलुम अनसारीले नगद रू ३५०० प्रदान गरेको छ ।
उपाधी चुमेकालाई फर्वाड लघुबित्त संस्थाले रु ५१००० नगद पुरूकार दिएको थियो । दुवै बीचको खेलमा ५२ रन बनाई अररियाले उपाधी चुम्न सफल भएको थियोे । बुधबार अन्तिम चरणको फाइनल प्रतिस्पर्धात्मक खेलमा अररियाले जितेको चोथो सदस्य कालिचरण भगतले बताउनुभयो । देवानगञ्ज युवा तथा खेलकुद समितिद्वारा आयोजित १५ दिने प्रथम अध्यक्ष कप क्रिकेट टुनार्मेन्ट खेल सुरु भएको छ । श्री कृष्ण माध्यमिक विधालयको खेल मैदानमा माघ १० गते बाट खेल सुरु भएको खेल बुधबार सम्पन्न भएको हो ।
प्रथम पटक स्थानीय स्तरका खेलाडीहरुको हौसला प्रदान सहित प्रतिस्पर्धाका साथै खेलकुद विकासका लागि पहिलो पटक अध्यक्ष कप क्रिकेट टुनामेन्ट भएको थियो । पहिलो खेलमा विहारको बिरपुर देवानगन्जको त्रिशक्ति क्रीकेट कल्ब बिच भएको थियोे । भने सो खेलमा २०४ रन ल्याएर बिरपुर क्रिकेट कल्बले जित हासिल गरेको थिए ।
भने दोस्रो खेलमा विहार घुरना इनरुवा फुलबारी क्रीकेट कल्ब सुनसरीले १७८ रन बनाएर जित हासिल गरेको खेल समितिका अध्यक्ष रावि मिश्राले नागरिक अभियानलाई बताएका छन । तेस्रो खेलमा सुनसरी हरिनगरा विहारको फुलकहा बिच भएको थियो । सो खेलमा हरिनगरा क्रीकेट कल्बले ११८ रन बनाइ सो खेलको बिजेता भएका थिए। चोथो खेलमा घुस्की खक ओरावनी बीच भएको थियोे । सो खेलमा १९५ रन बनाइ घुस्कीले जित्न सफल भएको उपाध्यक्ष पिन्टु यादवले जानकारी दिनुभएको छ ।
पाँचौ खेलमा मोहर्म क्रीकेट कल्ब गछिया खक देवानगन्ज क्रीकेट कल्ब बीच भएको थियो भने सो खेलमा देवानगन्जले जित हासिल गरेका थिए । छैठै खेलमा विहार अररिया खान टोल क्रीकेट कल्ब बीच भएको थियो । सो खेलमा २६४ रन बनाइ अररिया टिमले जित हासिल गरेका थिए । सातौ खेलमा फारबिसगन्ज खक मोरङ्ग बिराटनगर ९१ रन ल्याएर फार्बिसगन्जले जित हासिल गरेको खेल समिति सदस्य विवेक साहले बताएका थिए ।
आठै खेलमा जोगबनी अन्सारी चाइलेन्जर देवानगन्ज बिच भएको थियो । सो खेलमा जोगबनीले ३१० रन ल्याएर जित हसिल गरेको खेल समितिका दोस्रो सदस्य सुनिल मलाकारले बताए । कवाटर सेमिफाइनलमा देवानगन्ज क्रीकेट कलब खक फुलबारी क्रीकेट कल्ब इनरुवा बीच भएको खेलमा इनरुवाले १२५ रन ल्याइ फाइनलमा जान सफल भएको छ । भने दोस्रो कवाटर फाइनलमा सुनसरी घुस्कि खक फर्बिसगज बीच खेल भएको थियो जसमा घुस्किले २८३ बनाएर फाइनलमा जान सफल भएको थियोे । अररिया कीकेट कल्ब बिच भएको खेलमा ९३ रन ल्याइ अररियाले सेम। हरिनगरा क्रीकेट कल्बले २०४ रन बनाइ जोगबनी लाई पछी पार्दै हरिनगराले सेमिफाइनलमा जान सफल भएको खेलका तेस्रो सदस्य कल्याण ठाकुरले बताए । आयोजकमा देवानगन्ज युवा खेलकुद समिति रहेको थियो भने प्रायोजकमा देवानगञ्ज गाउँपालिका रहेको थियो । मिडिया पाटनरमा नागरिक अभियान सहित रहे
को थियो ।