हिपमत डटकम

मंगलबार, माघ २७, २०७७ || 717  पटक पढिएको

म्यान्चेस्टर सिटीले आगामी सिजन लियोनेल मेस्सीलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्ने आशा अझै नत्यागेको ईएसपीएनले जनाएको छ । यद्यपि, बार्सिलोनाको फरवार्डलाई अनुबन्ध गर्ने बारे अन्तिम निर्णय मार्च वा अप्रिल पछिको अवस्था हेरेर मात्र लिने क्लबले सोच बनाएको छ ।

मेस्सी जुनबाट करारविहीन हुनेछन् र जनवरी १ देखि अन्य क्लबसँग छलफल गर्नका लागि खुला छन् । गत अगस्तमा ३३ वर्षीय खेलाडीले बार्सालाई क्लब छाडेर जाने इच्छा व्यक्त गरेपछि सिटीले उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, पछिल्लो समय भने सिटी यस विषयमा मौन रहँदै आएको छ ।

उता, पेरिस सेन्ट जर्मेनले भने मेस्सीलाई अनुबन्ध गर्ने इच्छा सार्वजनिकरुपमा व्यक्त गर्दै आएको छ ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टरले क्लबले मेस्सीको अवस्था नियाली रहेको बताएका थिए भने माउरिसयो पोचेटिन्हो, नेयमार र डि मारियाले आफूहरु मेस्सीलाई क्लबमा स्वागत गर्न तयार रहेको बताएका थिए । डि मारियाले त पीएसजीले नेयमारलाई अनुबन्ध गर्ने ठूलो सम्भावना रहेको बताएका थिए । बार्सिलोनाका प्रशिक्षक रोनान्ड कोम्यानले उक्त अभिव्यक्ति आपत्ति नै जनाएका थिए ।

मेस्सीको विषयमा पीएसजी आक्रामक भइरहँदा सिटीले भने कम आक्रामक रणनीति अख्तियार गरेको छ । यद्यपि, मेस्सीलाई अनुबन्ध गर्ने होडबाट आफूलाई बाहिर भने राखेको छैन ।

गत अगस्तमा मेस्सीलाई क्लबमा भित्र्याउनका लागि पेप ग्वार्डिओलाले उनीसँग फोनमा नै कुरा गरेर क्लबको योजनाबारे ब्रिफ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!