बिहिबार, माघ १६, २०७६ || 946  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, माघ १६ गते ।
मोरङ र सुनसरीको दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा मोरङको कटहरी गाउँपालिका-७ होडियारीमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाईते भएका स्थानीय २२ बर्षीय अडताल मोडियारीलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी सुनसरीको ईटहरी १७ मा भएको मोटरसाईकल दुर्घटनामा मोटरसाईकल चालक भोजपुरको पात्लेपानी गाउँपालिका-५ का २० बर्षीय कौशल राईको मृत्यु भएको छ । आज बिहान राती पौने २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको वानटेष्ट मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको बिराट नरसिङहोममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!