डोमिनिक काल्भर्ट लेविनले इन्जुरी समयको पाँचौ मिनेटमा गोल गरेपछि एभर्टनले दुईपटक पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर युनाइटेडबिरुद्ध नाटकीय रुपमा अंक बटुल्न सफल भएको छ । शनिबार भएको ६ गोलको थ्रिलर ३–३ गोलको बराबरीमा सकिएपछि दुवै टोली अंक बाँड्न बाध्य बनेका हुन् ।

खेलमा युनाइटेडलाई एडिसन काभानीले अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन लाग्दा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफमा ३ मिनेटको अन्तरमा अब्दुलाये डुकोरे र हामेज रोड्रिग्वेजले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । खेलको ७० औँ मिनेटमा स्कट म्याकटमिनीले पुनः युनाइटेडलाई अग्रता दिलाए । इन्जुरी समयसम्म युनाइटेडले सो अग्रता कायम राख्न सक्यो । तर, ९५ औँ मिनेटमा काल्भर्ट लेविनले गोल गरेपछि युनाइटेडबाट अंक खोस्न एभर्टन सफल बन्यो । काल्भर्ट लेविनले यो सिजन एभर्टनका लागि १७ गोल गरिसकेका छन् ।

बराबरीपछि युनाइटेड लिगको दोस्रो स्थानमा कायम रहेको छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा युनाइटेड २ अंकले पछि रहेको छ । यद्यपि, सिटीले दुई खेल कम खेलेको छ । एभर्टन भने लिगको छैटौँ स्थानमा रहेको छ ।

उता, आर्सनल भने एस्टन भिल्लासँग १–० गोलले पराजित भएको छ । यो सिजन आर्सनल दुवै पटक भिल्लासँग पराजित हुन पुग्यो । यसअघि एमिरेट्समा भिल्लाले आर्सनललाई ३–० ले हराएको थियो ।

शनिबारको खेलमा भने ओली वाट्किन्सको एकमात्र गोल निर्णायक बन्यो । योसँगै आसर्नलले यो सिजन ३७ वर्ष यता कै खराब प्रदर्शन गरेको छ । हालसम्म आर्सनलले २३ खेलमध्ये १० खेलमा पराजित भएको छ । यसरी एउटै सिजनमा यति चाँडै १० खेल हारेको आर्सनलले १९८३–८४ सिजन पछि पहिलोपटक हो । त्यतिबेला आर्सनलले १७ खेल खेल्दा १० खेल हार्न पुगेको थियो ।

पराजयपछि आर्सनल लिगको १० औँ स्थानमा रहेको छ भने एस्टन भिल्ला लिगको आठौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!