हिपमत डटकम

शनिबार, माघ २४, २०७७ || 721  पटक पढिएको

विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करो ५८ लाखभन्दा धेरै भएको छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस ठिक भइसकेका छन् भने २३ लाख ०७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो आँकडावल्र्डोमिटर डटकमको हो ।

यता, अमेरिकामा खतरा बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार देशमा कोरोनाको नयाँ स्वरुपबाट संक्रमित ६ सय १८ जना बिरामीहरु देखिएका छन् ।
देशका ३३ राज्यमा अवस्था अझै पनि खतरनाक रहेको सिडिसीले जनाएको छ । यी राज्यमा देखिएका ६ सय १८ नयाँ स्वरुपका संक्रमणमध्ये ६ सय ११ जनामा बी १.१.७ स्वरुप देखिएको पाइएको छ । यो स्वरुप बेलायतबाट फैलिएको थियो । यसको फैलावटलाई निकै तिव्र मानिएको छ ।

अमेरिका २ करोड ७४ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यसमध्ये १ करोड ७१ लाख ४६ हजार १ सय ६९ जना निको भइसकेका छन् । त्यस्तै, ४ लाख ७० हजार ७ सय ५ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!