हिपमत डटकम

शनिबार, माघ २४, २०७७ || 587  पटक पढिएको

बेर्यान म्युनिक जर्मनीको बुन्डेसलिगा अङ्क तालिकामा दश अङ्कको स्पष्ट अग्रता लिएको छ । सुरुमै रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुकेपनि बेर्यानले खेल अबधिभरि नियन्त्रण कायम राखेको थियो ।

किंग्स्ली कोमनको प्रहार रुइन जर्स्टैनलाई छलेर गोलमा परिणत हुँदा बेर्यान म्युनिकले हर्था बर्लिनमाथि १–० को अग्रता लियो । उक्त गोल नै निर्णायक हुन गयो । हर्था भने गोल अन्तरको आधारमा रेलिगेसनमा पर्नबाट जोगिएको हो ।
हर्था बर्लिनमाथि जितसँगै बेर्यान म्युनिक फिफा क्लब विश्वकपको यात्रा तय गरेको छ ।

क्लब विश्वकपको सेमीफाइनलमा बेर्यान म्युनिकले अफ्रिकी च्याम्पियन अल अहिलीको सामना गर्नेछ । उक्त खेल सोमबार हुनेछ । कतारमा जित हात पारे बेर्यानले पछिल्लो नौ महिनामा छैठौं ट्रफी हात पार्नेछ ।बेर्यान म्युनिक बुन्डेसलिगामा २० खेलबाट ४८ अङ्क बटुलेको छ । दोस्रो स्थान लेप्जिगको ३८ अङ्क छ । हर्था बर्लिन भने २० खेलबाट १७ अङ्क जोड्दै १५ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!