हिपमत डटकम
लमजुङ, १५ माघ : सीता पोख्रेल (भुजेल) लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा एक्लै बस्दै आएकी थिईन् । पाउदीमै बसेर बाख्रा पालन गरेर बस्दै आएकी ६० बर्षिया सिताले गत सोमबार बाख्रा खोरमा हुलिन् । भर्खर जन्मेका पाठा र कुखुरालाई घर भित्र लगेर थुनेर सुतेकी सिता कहिलै नउठ्ने गरी बिदा भईन् । उत्त, रात नै कोहीले उनलाई बन्चरो प्रहार गरेर ज्यान लिईसकेछ ।

स्थानीय नारायण भुजेल भने बिगत लामो समय देखी आमाले दिएको जग्गामा सानो घर बनाएर बसेकी सिताको हत्या गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्छन् । उनका अनुसार घटना हेर्दा चोरी वा सुनको लागी भएको देखिन्छ । सिताले लगाएको सुनका गहनाहरु थिएनन् तर बाक्सामा राखेको तीन लाख रुपैया भने चोरी भएन । आफूहरु आउँदा रगत बगेर पनि सुकीसकेको थियो भन्दै घटना रातीकै १० बजे तिर भएको भुजेलले बताए । बन्चरो प्रहारबाट भएकाले शब हेर्दा दाउरा चिरे जस्तै छिया–छिया थियो । हत्याराको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!