हिपमत डटकम

शुक्रबार, माघ २३, २०७७ || 628  पटक पढिएको

नेपाल क्रिकेट संघ(क्यान)ले इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन आठ जना खेलाडी सूचीकृत गराएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ ।
आईपीएलमा खेलाडी सूचीकृत गर्ने म्याद शुक्रबारसम्म रहेको थियो । जस बमोजिम एक हजार ९७ जना खेलाडी सूचीकृत भएका छन् । भारतबाट २१ जना विदेशका १८६, अशोसिएट राष्ट्रका २७, आइपीएलमा पहिलो पटक सहभागी हुने भारतीय ५० जना, पहिलो पटक सहभागी हुने विदेशी खेलाडी ६८ जना तथा भारतका ७४३ जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सूचीकृत भएको आईपीएलले जनाएको छ ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन सन्दीप लामिछाने र बिनोद भण्डारीसहित आठ जना खेलाडीको नाम पठाइएको जानकारी दिनुभएको छ । आठै जना खेलाडी सूचीकृत भएका छन् । लामिछाने र भण्डारी अतिरिक्त करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।
नेपालबाट यसअघि प्रिमियर लिगमा लामिछानेले खेलिसकेका छन् । त्यस अतिरिक्तका सात जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सहभागी हुनेछन् । लामिछानेलाई देल्ही क्यापिटल्सले मुक्त गरिसकेको हुँदा उहाँ समेत यसपाली निलामी प्रकृयामा भाग लिनुहुनेछ ।
लिगका प्रत्येक फ्रेञ्चाइजले २२ जना खेलाडीसँग सम्झौत ागर्नेछन् ।
कुन राष्ट्रबाट कति खेलाडी सूचीकृत
अफगानिस्तान ३०
अष्ट्रेलिया ४२
बङ्गलादेश ५
इंग्ल्याण्ड २१
आयरल्याण्ड २
नेपाल ८
नेदरल्याण्ड्स १
न्युजिल्याण्ड २९
स्कटल्याण्ड ७
दक्षिण अफ्रिका ३८
श्रीलङ्का ३१
यूएई ९
संयुक्त राज्य अमेरिका २
वेष्टइन्डिज ५६
जिम्बाबवे २

प्रिमियर लिगको आगामी संस्करणमा कुल आठ टोलि सहभागी हुनेछन् । बिगत्मा खेलिसकेका कतिपय खेलाडी भने यसपटक प्रिमियर लिग खेल्न इच्छा देखाएका छैनन् ।
बिस्तृत बाँकी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!