हिपमत डटकम

बिहिबार, माघ २२, २०७७ || 528  पटक पढिएको

लिभरपुल घरेलु मैदान एनफिल्डमा पुनः हार बेहोरेको छ । उसलाई ब्राइटनले १–० ले हराएको हो । बुधबार नै सम्पन्न अर्को खेलमा म्यान्चेष्टर सिटीले बर्नलीमाथि २–० को जित हात पार्यो ।

ब्राइटनका लागि दोस्रो हाफमा स्टिभन अल्जाटेले गर्नुभएको एक मात्र गोल नै लिभरपुलमाथि जितका लागि पर्याप्त भयो । ब्राइटनले सन् १९८२ पछि पहिलोपटक लिभरपुलमाथि घर बाहिर जित हात पारेको हो । अल्जाटेले ५६ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई १–० को अग्रता दिलाउनुभयो ।

हारसँगै लिभरपुल चौथो स्थानमा पुगेको छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीभन्दा ऊ सात अङ्कले पछाडि परेको छ । आगामी आइतबार शीर्ष स्थानको म्यान्चेष्टर सिटी लिभरपुलसँग एनफिल्डमा भिड्ने तिथि नजिकिदै जाँदा ब्राइटनसँग हार बेहोरेर लिभरपुलले महत्वपूर्ण तीन अङ्क बटुल्ने अवसर खेर फाल्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!