बुधबार, माघ १५, २०७६ || 849  पटक पढिएको

हिपमत डटकम
धनगढी,माघ १५ । कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ। यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन। यसपालि पनि खासै प्रगति नहुने टोलीमा खटिएका अधिकारीले बताएका छन्।

माघ ३ गते भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको थियो। दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको छ।

आव ०७४र७५ मा प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र २०७५र७६ मा प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा रहेको सीमा सर्भे टोलीले सीमा व्यवस्थापन टुंगाउन सकेको थिएन।

यसपल्ट पनि प्रमुख नापी अधिकृत जनक भण्डारीको नेतृत्वमा टोली गठन भई सर्भेमा खटिएको छ। भारतका तर्फबाट पनि नापी टोली गठन भएको छ। दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ। जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुुपर्ने कार्यादेश छ।अन्नपूर्ण पोस्ट्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!