हिपमत डटकम
काठमाडौं,१५ माघ: अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् । कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिइने र सङ्गठनले थप अध्ययनमा सघाउने वैज्ञानिकहरूको विश्वास छ । विशेषतः यस नक्कलको अध्ययनले लक्षण देखिनुभन्दा अगाडि नै मानिसमा परीक्षण गर्दा सङ्क्रमण भएको छ कि छैन भन्ने छुट्याउन मिल्ने प्रविधि विकास गर्न सक्ने अपेक्षा गरिएको छ । साथै उपचारका लागि सम्भाव्य खोप विकास गर्न पनि यसले सहयोग गर्न सक्छ । पिटर डोहेर्टी इनस्टिच्युट फर इन्फेक्सन यान्ड इम्प्युनिटीका डा. माइक क्याटनका अनुसार यस्तै कुनै नयाँ जीवाणु उत्पत्ति भयो भने नक्कल गर्ने भनेर उनीहरूले पहिलै बनाएको योजना अनुसार यो अध्ययन गरिएको हो । चीनमा कोरोना भाइरसको महामारी फैलिँदा १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी पीडित छन् । विश्वभरका १६ अन्य देशमा यसको सङ्क्रमण फैलिएको पुष्टि भएपछि चीन बाहिर कसैको पनि ज्यान गुमेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!