हिपमत डटकम

आइतबार, माघ १८, २०७७ || 1078  पटक पढिएको

बुढो देखिनु मानिसका लागी निकै पट्यारलाग्दो हुने गर्दछ । बुढो हुनु स्वभाविक जीवन प्रकृया भएपनि गलत खानपान र जीवनशैलीका कारण आजकल कतिपय मानिसहरु उमेर नपुग्दै बुढो देखिन्छन् । उनीहरु उमेरले नभई शारीरिक रुपमा बुढो हुन्छन् । यो अवस्थामा शरीर कमजोर र लाचार हुन्छ । आजकल मानिसहरुमा रहने गरेको गलत दिनचर्या, खराब खानपान, अनावश्यक सोच तथा चिन्तनले हामीलाई बुढो पार्दछ ।

खाने, सुत्ने, आराम गर्ने वा व्यायामका लागी समय छुट्याउन नसक्दा मानिस बुढो देखिन्छ । यसका मुख्य कारण निम्न छन् ।

१। खाना
आजकल मानिसहरुमा सहि समय, सहि मात्रा र स्वथ्यकर खाना नखाइदिदा यसले शरीरलाई उमेर नपुगी बुढो पार्ने गर्दछ । गलत खानाको असर मुटुमा पर्न जान्छ र यसले बिस्तारै शरीर गाज्दै लान्छ ।

२। बढि आराम
बढ्दो प्रविधि, शहरीकरण र यातायात सुविधाका कारण मानिसहरु हिड्ने वा शरीरलाई परिश्रम हुने काम कम गर्दछन् । लगातार बसेर काम गर्ने, खाने वा आराम गर्ने बानीले शरीरमा क्यालोरी बढाउँछ । जसले मुटुका साथै शरीरलाई असर पार्दछ ।

३। धुम्रपान
धुम्रपान कुनै पनि हालतमा शरीरका लागी फाइदाजनक हुदैन । यसले रगतलाई चोक्टा चोक्टा बनाउँछ । यसले फोक्सो देखि मस्तिष्कसम्म असर पार्दछ । रगतको प्लेटलेट्स पनि नष्ट पार्दछ । धुम्रपानले शरिरमा खराव कोलेस्ट्रोलको मात्रा पनि बढाउने भएकाले शरीर जीर्ण हुदै जान्छ ।

४। मदिरा सेवन
मदिरा सेवनले रक्तचाप बढ्छ साथै मुटुलाई प्रभावित पार्दछ । शरीरमा भएको भिटामिन बी र सीलाई समेत मदिराले नष्ट पार्दछ । मदिराले हर्ट अट्याक, स्ट्रोक र उच्च रक्तचाप बढाई उमेर नपुगी मानिसलाई कमजोर र बुढो बनाउँछ ।

५। व्यायाम
शरीरका लागी बल पर्ने परीश्रम नगर्नेहरुले व्यायामका माध्यमले शरिरलाई फिट बनाउनु पर्दछ । अन्यथा शारीरीक श्रम वा ब्यायामका अभावमा मुटुमा असर पार्ने काम गर्दछ ।

६। चिन्तारतनाव
चिन्ता वा तनावले समेत मानिसलाई बुढो देखाउन गर्दछ । यसले मुटुको स्वास्थ्यमा निकै घातक साबित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउँछ । यसले हृदयघातको सम्भावनालाई पनि बढाएर लान्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!