पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ । गीतामा भगवान् श्री कृष्ण स्वयमले आत्मा एक शरीर त्यागेर अर्को शरीरमा प्रवेश गर्छ भनेका छन् ।

जो सुकैको पनि मृत्यु भएपछि सो व्यक्तिको आत्मा फर्केर दोस्रो व्यक्तिको रूपमा आउँछ । महाभारतको एक कथामा भनिएको छ, भिष्मले श्रीकृष्ण सँग सोधेका छन्, आज म वाणहरूको बिच्छ्याउनामा सुतेको छु, आखिर मैले के पाप गरेको थिए जसको कारण यो सजाय भोगिरहेको छु ।

भगवान श्रीकृष्ण भन्छन् तपाईलाई आफ्नो छ जन्मको कुरा याद छ तर सातौं जन्मको कुरा याद छैन । सातौं जन्ममा तपाईले एक नागलाई किलामा फ्याक्नु भएको थियो ।

भिष्मको रूपमा जन्म लिनु पूर्व उनका अरू कयौं जन्म भइसकेका थिए र उनलाई आफ्ना पूर्व जन्मका कुराहरू पनि याद छन् । महाभारतका एक प्रमुख पात्र शिखंडीलाई पनि उनका पुर्वजन्मका कुराहरू याद थिए । उनी पुर्वजन्ममा काशीकी राजकुमारी थिइन् । अघिल्लो जन्ममा भएको अपमानको बदला लिनको लागि यीनले शिखंडीको रूपमा जन्म लिएका थिए ।

ऋग्वेदको ऋक्संहितामा लेखिएको छ, महर्षी वामदेवले माताको गर्भमा नै आत्मज्ञान पाएका थिए जसबाट उनले कयौं जन्मका कुरा थाहा पाएका थिए । वेद र पुराणमा यस्ता कयौं कुरा लेखिएका छन, मृत्यु र पुर्नजन्म नै एक निश्चित सत्य हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!