हिपमत डटकम
तनहुँ ,माघ -१५:तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बाघले आक्रमण गर्यो र ज्यान लियो । आमा र दाजुहरुसंग हात समाएर आउँदै गर्दै घर नजिकै बाटोमा इसाकलाई बाघले आक्रमण गरेको उनकी आमाले बताईन् । चितुवा भनिदै आए पनि यो बाघ जस्तै ठूलो रहेको र आफ्नै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताएकी छन् ।

आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो । घटनास्थलबाट करीब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ ।

कसरी दिउँसै आमाको हातबाट चितुवाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!