हिपमत डटकम
काठमाडौं ,माघ -१५:श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेरमा श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने ब्रत मध्येको एक श्री स्वस्थानी माताको ब्रत हो । यो ब्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी ब्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको ब्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रैदेश नैपालको काठमाण्डौमा छन् । यो ब्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!