हिपमत डटकम

शनिबार, माघ १७, २०७७ || 561  पटक पढिएको

अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाख जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन् ।

प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिनुभयो । “राजनीतिक विवाद र शसस्त्र द्धन्द्धका कारण मध्य अफ्रिकाका हजारौ मानिस विस्थापित भएका छन्,” नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भन्नुभयो ।

राजनीतिक विवाद र हिंसात्मक द्धन्द्धका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन । तीमध्ये महिला र बालबालिकाको सङ्ख्या पनि धेरै रहेको उहाँले बताउनु भयो । हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिनुभयो ।

त्यसैगरी उनीहरु विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरु पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उहाँको भनाइ छ । राष्ट्रसंघको शरणार्थी सम्वन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!