बिराटनगर ,

बालबालिकाको कला र ज्ञानलाई प्लेटफर्म दिने उद्देश्य सहित झापास्थित बिर्तामोडमा “पुर्वान्चल लिटिल स्टार-२०१९”को दोश्रो सिजन सम्पन्न भएको छ । सनिवार सम्पन्न ग्रान्ड फिनालेबाट बिजेताको उपाधी बिर्तामोडकि रोजिका सिटौलाले जित्न सफल भएकी छन् । यस्तै फर्स्ट रनरअप युनिशा राई र सेकेन्ड रनरअप प्रेक्षा कठेत बन्न सफल भईन । फाईनलमा पुगेका ४३ बाट उत्कृष्ट २४ र ८ हुँदै बिजेता, फर्स्ट रनरअप र सेकेन्ड रनरअप बनेका हुन् ।

फाईनल कार्यक्रमको निर्णायक मण्डलिमा फेसन ईभेन्ट अर्गनाईजर निश्चल पालिखे, मोडल तथा कोरियोग्राफर सपना राजबन्शी, राठी केबलका प्रमुख श्याम राठी र मोडल तथा ईभेन्ट अर्गनाईजर रोनक अग्रवाल रहेका थिए । बिजेता र उपबिजेताहरुले क्रमशः ५१ हजार, २१ हजार, १५ हजार संगै ट्रफी र प्रमाणपत्र पाएका छन् । साईमन फिल्म एन्ड ईन्टरटेन्मेन्ट मुम्बईले बिर्तामोडमा आयोजना गरेको “पुर्वान्चल लिटिल स्टार”को अडिसनमा ७५ जना सहभागी भएका थिए ।

फाईनलमा पुगेका प्रतिष्पर्धीलाई २२ दिनसम्म र्याम्प लगायत विभिन्न ज्ञानवर्धक तालिमहरु दिइएको थियो । प्रतिष्पर्धीहरुलाई कोरियोग्राफर अशिमा दुतराजले कोरियोग्राफी गराएकी थिइन भने उनलाई स्वपना राजबन्शी, बिपना राजबन्शी र स्वपना राजबन्शीले कोरियोग्राफीमा सघाएकी थिइन । कार्यक्रमको ग्रान्ड फिनालेमा २३ जनालाई विभिन्न सब टाईटलहरु पनि प्रदान गरिएको थियो । यस्तै नया र फरक संगै ग्रान्ड कन्सेप्ट डिजाईन गरेका आयोजक कम्पनीका साईमन राजबन्शीले शोमा कभर भिडियो पनि प्रस्तुत गरेका थिए । सो कभर भिडियोलाई निक्कै दुख र मेहनत गरेर बनाएको उनको भनाई छ ।

जसमा सहभागी प्रतिष्पर्धीहरु फिचर्ड छन भने कभर गीतलाई पनि सहभागीले नै गाएकी छन् । बालबालिकाको यस्ता खाले कार्यक्रममा यो बिल्कुलै नयाँ कन्सेप्ट रहेको उनले बताए । सो भिडियोलाई फाईनल कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनका अनुसार अब यहि “पुर्वान्चल लिटिल स्टार” लाई ब्रान्ड टाईटल नाम बनाउदै अन्य स्थानहरुमा पनि कार्यक्रम आयोजना गरिनेछ । बिराटनगरमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमको दोश्रो प्रस्तुति बिर्तामोडमा हो भने अब बिराटनगरको दोश्रो प्रस्तुती स्वरुप मंसिरको १४ गते सनिवार ग्रान्ड फिनाले गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!