नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ति हावामा उडिसकेको छ ।’

निर्वाचन आयोगको पत्रपछि ओलीका म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँत जस्तै भएकाे बताए ।
अध्यक्ष नेपालले ओलीका म्यादी केन्द्रीय सदस्यको बिजोक भएको बताए ।

ओलीले संसद विघटनपछि पार्टी दुई समूहमा विभाजन हुँदा ११ सय नयाँ केन्द्रीय सदस्य थपेका थिए । निर्वाचन आयाेगले दुबै समूहका पछिल्लो निर्णयलाई मान्यता नदिएपछि केन्द्रीय सदस्यकाे वैधानिक सकिएकाे थियाे । ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गरे ।

उनले ओलीसँग सती जानुभन्दा मूलधारमा फर्कन आग्रह गरे ।

समस्या कुर्सी र पदको हानथापमा नभएकाे भन्दै उनीहरु आफूहरू विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ भन्दा ओलीले संसद् विघटनकाे निर्णय लिएकाे बताए । नेपालले केपी ओली कहिल्यै सुध्रिएकाे पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!