हिपमत डटकम

शुक्रबार, माघ १६, २०७७ || 624  पटक पढिएको

जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् ।

आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । संक्रमितहरूको उपचारमा खटिएका आवासीय चिकित्सकलाई कोभिड—१९ जोखिम भत्ता नदिएपछि आन्दोलित भएका हुन् ।

अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड बिरामीको उपचारमा संलग्न भएपनि जोखिम भत्ता दिन नसकेको वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताए । अस्पतालसँग बजेट नभएकाले सबैलाई जोखिम भत्ता दिन नसकिएको उनको भनाइ छ । यसअघि अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बजेटको अभाव देखाउँदै एक महिनाको मात्रै जोखिम भत्ता दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!